जनता अभियान बिहिबार, मंसिर ०९, २०७८
गत कात्तिक ७ गते विराटनगरकी तरन्मुम अल्भी ९डेजी० आफ्ना ससूराको एमआरआई गराउन विराटनगरस्थित न्युरो अस्पतालमा पुगेकी थिइन् ।
अस्पताल परिसरमा उनले एक परिवार आफ्नी छोरीको आर्थिक अवस्था नाजुक भएको कारण उपचारको प्रतीक्षामा देखिन् । बिरामी अवस्थाकी रुक्सार खातुन । जो उमेरले मात्र १० वर्ष पुगेकी थिइन् । भारतको अररिया मिर्जापुर घर भएकी खातुन अचानक बेहोस भएर लडेको कारणले उनको मष्तिष्कमा रगत जमेको थियो ।
त्यही भएर उनको मष्तिष्कको शल्यक्रिया गरिनुपर्ने थियो । उनको अवस्था क्रिटिकल थियो । तर उनको परिवारको आर्थिक अवस्था नाजुक भएका कारण उपचार हुन सकिरहेको थिएन । डेजीले त्यो परिवारसँग उनका बारेमा बुझिन् र बिरामीको अवस्था देखेर उनको मन पोल्यो । उनले आफ्ना पतिसँग सल्लाह गरेर ती विपन्न परिवारमा रहेकी बालिकाको उपचार खर्च व्योहर्ने निर्णय लिइन् । डेजीले रुक्सारको उपचार खर्च बेहोर्ने जिम्मा लिएपछि उनको उपचारको प्रक्रिया अगाडि बढ्यो । न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन डाक्टर यामबहादुर रोकाका अगाडि प्रश्न खडा भए पनि उनले रिस्क लिएर उपचार प्रक्रिया अगाडि बढाए ।
यसो हेरे, बिरामी १० वर्षको कलिलो उमेरकी । उनले सोचे्, ‘कसरी यतिकै छोड्नु रु मैले रिस्क लिए भने त एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिए भने त निश्चित छ एउटा जीवन सकिन्छ ।’ उनले बिरामी पक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरेपछि शल्यक्रिया सुरु गरे । बिरामी पक्षसँग उपचारका लागि आवश्यक पर्ने खर्च नभएको कारणले मनकारी डेजीले ८० हजार रुपैयाँ दिएकी थिइन् । डेजीले सहयोग गरेको डा। रोकाले जानकारी पाएपछि उनले पनि शल्यक्रियामा लाग्ने ५० हजार रुपैयाँ छुट गरेका थिए ।
८ कार्तिकमा डा। रोकाले गरिएको शल्यक्रिया सफल भयो । शल्यक्रियापछि खातुनको स्वास्थ्यमा सुधारका संकेतहरू देखिन् थाले । खातुनको स्वास्थ्यमा सुधार आएपछि शल्यक्रिया गरेको २४ दिनपछि २ मंसिरमा अस्पतालबाट डिस्चार्ज भइन् । खातुनको उपचार गरिरहेका चिकित्सक डा। रोकाका अनुसार अहिले रुक्सारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । डेजीले बिरामीलाई ८० हजार रुपैयाँ सहयोग र डाक्टर रोकाले पनि शल्यक्रियामा छुट दिएपछि अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले पनि १ लाख रुपैयाँ छुट गरिदिएकी थिइन् ।
खातुन तीन साता बढी अस्पतालमा भर्ना भएर बसेकी थिइन् । ‘बिरामीको अवस्था नाजुक भएर र उनको दुःख देखेर मैले पनि १ लाख बराबर अस्पतालमा छुट दिएर सहयोग गरको हो,’ उनले भनिन् । अस्पतालमा आएका बिरामीले अर्का बिरामीको दुःख देखेर सहयोग गरेको अस्पतलाले जनाएको छ । बिरामीको अवस्था देखेर सहयोग गर्ने इच्छा भयो पैसाँ अभावमा जीवन मरणको दोसाँधमा देखेपछि रुक्सार खातुनको उपचारमा सहयोग गरेको तरन्मुम अल्भी ९डेजी० ले बताइन् । ‘आर्थिक अवस्था नाजुक भएपछि १० वर्षिय बालिकाको मलाई साह्रै दया लागेर आयो । श्रीमानसँग सल्लाह गरेपछि आर्थिक अवस्था नाजुक भएको बालिकाको उपचारमा सहयोग गरेको हो,’ उनले भनिन् । खतुनका बावु महम्मद अन्सारीले उपचारमा सहयोग गरेर डेजीले छोरीलाई नयाँ जीवन दिएको बताए ।
‘छोरीलाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन,’ छोरीको डिस्चार्जपछि अन्सारीले भने, ‘उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । सहयोग गर्ने डेजी देखि उपचारमा खटिनुहुने डाक्टरले मेरो छोरीलाई बचाउनुभयो,’ उनले भने, ‘बाँच्दैन जस्तो लागेको थियो । छोरीले नयाँ जीवन पाइन् ।’ खातुनका परिवार मनकारी डेजीदेखि चिकित्सकहरूको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।