आमा र बहिनीको कुटपिटबाट राजेन्द्र उरावको मृत्यु

जनता अभियान सोमबार, मंसिर १३, २०७८

आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ ।

कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवाँ १० बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्