जनता अभियान मंगलबार, मंसिर १४, २०७८
नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिका लागि मङ्गलवार हुने दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको निर्वाचनमा तेस्रो मत ल्याएका यदु विष्टले दिलीपकुमार गच्छदारलाई सघाउने भएका छन् ।
सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरी विष्टले गच्छदारलाई सघाउने घोषणा गरेका हुन् । वैचारिक सिद्धान्त मिल्ने र आगामी पाँच वर्षमा आफ्ना एजेण्डाहरूलाई निरन्तरता दिने प्रतिबद्धताका आधारमा आफुले गच्छदारलाई समर्थन गरेको विष्टले जानकारी दिए । आफुले निष्ठा, न्याय र सेवाका निम्त्ति राजनिति गर्नुपर्छ भनेको र तयसमा गच्छदारले प्रतिवद्धता जनाएकाले दोस्रो चरणको निर्वाचनमा गच्छदारलाई सघाउने आफुले निर्णय गरेको विष्टको भनाई थियो ।
आइतवार भएको पहिलो चरणको निर्वाचनमा डिगबहादुर लिम्बूले क हजार पाँच सय ४४, यदु विष्टले पाँच सय ६३ र दिलिपकुमार गच्छदारले एक हजार एक सय ५९ मत ल्याएका थिए । विष्टले समर्थन गरेझै विष्टलाई मतदान गर्ने सबै मतदाताले गच्छदारलाई मतदान गरेको अबस्थामा गच्छदारको जित सुनिश्चित देखिन्छ ।
मतदान मङ्गलवार अपरान्ह १२ बजेदेखि साँझ पाँच बजेसम्म विराटनगर महानगरपालिका वडा नम्बर दुई स्थित विराट नर्सिङ होम पूर्वको खाली जमिनमा हुने निर्वाचन समितिले जनाएको छ ।
मोरङमा तीन हजार पाँच सय ८५ जना मतदाता रहेका छन् ।