देवानगन्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानकी श्रीमती मृत भेटिइन्

जनता अभियान शनिबार, मंसिर १८, २०७८

 सुनसरीको देवानगन्ज ईलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानकी श्रीमती मृतावस्थामा फेला परेकी छन् । शनिवार दिउँसो सो कार्यालयमा कार्यरत प्रहरी जवानकी श्रीमती शौचालयमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन् । श्रीमान फुटबल खेल्न बाहिर गएको अवस्थामा श्रीमती कपडा धुन बाथरुमभित्र पसेकी थिइन् ।
फुटबल खेलेर फर्किएपछि श्रीमानले नै उनलाई बाथरुमभित्र मृतावस्थामा फेला पारेको देवानगन्ज इलाका प्रहरी निरीक्षक बद्रीप्रसाद दाहालले बताए । पासो लगाएको अवस्थामा भेटिएका कारण उनले आत्महत्या गरेको हुन सक्ने दाहालले जानकारी दिए । उनका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्