सुनसरीको भन्टाबारीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

जनता अभियान शनिबार, मंसिर १८, २०७८

सुनसरीको कोसी गाउँपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् । कोसी गाउँपालिका– ८ स्थित भन्टाबारीमा शनिबार यात्रुबाहक बस दुर्घटना भएको हो ।  दुर्घटनामा सिराहाको धनगढी नगरपालिका– ८ का जिवछ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्