जनता अभियान बिहिबार, पुष ०१, २०७८
सुनसरीको दुहबी नगरपालिका–१ का १४ वर्षीय मोहम्मद इम्ताज एक सातादेखि बेपत्ता बनेका छन् । गत बिहीबार घरबाटै बेपत्ता भएका बालकको खोजीमा परिवार भौतारिरहेको छ । स्थानीय मदरसामा पढ्दै गरेका बिहीबार दिउँसो १२ बजेसम्म घरैमा रहेका उनी त्यसयता भेटिएका छैनन् । एक साता बित्दा पनि छोरो नभेटिएको उनका बुबा मोहम्मद कासिमले गुनासो गरेका छन् । साथै उनले आफ्नो छोरालाई खोजेर सहयोग गरिदिन अपिल गरेका छन् ।
कासिम हाल छोरा खोज्नकै लागि भारत जाँदै छन् । ‘एक साता भइसक्यो, परिवारजन सबै अतालिएका छौँ’, उनले केटिएम दैनिकसँग भने, ‘विराटनगरमा खोज्यौँ अब भारततिर जाँदैछु । यसअघि कहिल्यै हराएको थिएन ।’ राजमिस्त्री काम गर्ने कासिमका चार छोरामध्ये जेठो छोरा हुन्, इम्ताज ।
यहाँ कमेन्ट गर्नुहोस्