गढी गाउँपालिकामा ट्याक्टरको डालामा मोटरसाइकल ठोक्कियो,

जनता अभियान आइतबार, पुष ०४, २०७८

एक जनाको मृत्यु, एक घाइते सुनसरीको गढी गाँउपालिकामा ट्याक्टरको डालामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढी–५ मा शनिबार राति ८ बजे भएको सो दुर्घटनामा गढी गाँउपालिका–६ का २५ वर्षीय निराजन रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडिको डालामा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । ना ८ प ४३९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रायको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका गढी–६ कै २७ वर्षीय अक्षय राय गम्भीर घाइते छन् । घाइते उनको विराटनगरस्थित विराट नरसिंह होममा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घनाग्रस्त मोटरसाइकल र ट्याक्टर इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीले जनाए ।

यहाँ कमेन्ट गर्नुहोस्