विनोद मेहता बुधबार, पुष ०७, २०७८
प्रहरी चौकीमा कप्तानगन्ज, सुनसरीमा कार्यरत प्रहरी जवान राजेशकुमार साह सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट उत्कृष्ट कार्य गर्ने राजेश र इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी निरीक्षक राजाराम खड्कालाई सर्वोत्कृष्ट घोषणा गरेको हो । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउने दुवैै प्रहरी अधिकृत तथा जवानलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुले जवरजस्ती करणी, चोरी पठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, उनीहरुले पिडित पुनः भेटघाट कार्यक्रम संचालन गरी पिडितको घरमै गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श दिई नागरिकहरुमा सुरक्षाको अनुभूति दिलाई आम नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने गरी प्रशंसनीय कार्य गरकोले उत्कृष्ट कार्यको उच्च मुल्याङ्कन गर्दै मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी“ घोषित गरिएको प्रदेश १ प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।