विनोद मेहता शुक्रबार, पुष ०९, २०७८
नासा ईन्भेष्टमेन्ट प्रा.लि.को लगानीमा सुनसरीको इनरुवामा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय सञ्चालनमा आउने भएको छ । नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय तथा नासा ईन्भेस्टमेन्ट प्रालिको शाखा कार्यालय इनरुवा–४ मा यही पुस १७ गते उद्घाटन हुँदै छ । नासा ईन्भेस्टमेन्ट प्रालिको केन्द्रीय कार्यालय भने विराटनगरमा छ ।
शैक्षिक क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र प्राविधिकीकरण गर्ने सारथीको रूपमा स्थापित तथा नासा ईन्भेस्टमेन्टको शाखा कार्यालय इनरुवामा हुने नासाका संस्थापक सञ्चालक अध्यक्ष अरबिन्द मेहताले जानकारी दिए । उनका अनुसार १७ गते शनिबार मध्याह्न १२ बजे इनरुवा–४ मा एक समारोहबीच उक्त दुवै कार्यालयको संयुक्त रुपमा उद्घाटन हुनेछ । नासा ईन्भेस्टमेन्टको शाखा कार्यालय इनरुवाबाट शिक्षक सेवा, लोक सेवा, बैकिङ्ग सेवाका सम्पूर्ण तयारी कक्षाहरू, अङ्ग्रेजी भाषा, कोरियन भाषा, उर्दू भाषालगायत अन्य भाषाहरूका तयारी कक्षाहरु सञ्चालन हुने बताइएको छ ।
यी कक्षाहरु भौतिक र अनलाइन दुवै माध्यमबाट पढाइ हुने मेहताले जानकारी दिए । यस्तै, कक्षा ८, ९, १०, +२ तथा स्नातकका ट्युसन तथा कम्प्युटर कोर्स पनि र संसारको जुनसुकै ठाउंबाट पैसा पाउन र पठाउन आइएमइ, इसेवा, आइएमइ पे, प्रभु पे लगायत सेवाहरू लिन सकिनेछ । यसैगरी, अनलाइन फारामहरु सम्पुर्ण कार्यहरु गरिने छ भने शेयर बजारसम्बन्धी सम्पूर्ण कार्यहरु गर्नुका साथै डिम्याट, मेरो शेयर, ब्रोकर आइडीलगायतका सम्पुर्ण कार्यमा सहजीकरण गरिने बताइएको छ ।
फोटोकपी, स्कानिक, पिडिएफ, फोटो, प्रिन्ट निमन्त्रणा कार्ड, बर्ड डे कार्ड, श्राद्ध कार्ड, विवाह कार्डसमेत बनाइने छ । कम्पनी , संघसंस्था, ट्रस्ट, फाउन्डेशन दतां–खारेज सम्बन्धी सम्पूर्ण कार्य, सहुलीयतपूर्ण ऋण, अनुदानको लागि आवश्यक पर्ने प्रस्ताव लेखनसम्बन्धी सम्पुर्ण कार्यकार्यहरु गरिने, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्सको सम्पुर्ण कार्यहरु, राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई टिकट बस टिकट, बिजुली बिललगायत अनलाईन भुक्तानीका सम्पुर्ण कायहरु गरिने बताइएको छ ।