जनता अभियान आइतबार, पुष १८, २०७८
बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् । उनी अहलिे नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्यप्रदेशको इन्दौरमा छन् ।
केही दिनअघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए । उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन् । फिल्मको एक दृश्यमा विक्कीले सारालाई बाइकमा राखेर सहर घुमाउनुपर्ने हुन्छ । यही दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अहिले यही दृश्यलाई लिएर विवाद सुरु भएको छ । विक्कीमाथि सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप लागेको छ । प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैरकानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्