माया मारेको विरामीले आर्या न्यूरोमा पाए नयाँजीवन

जनता अभियान सोमबार, पुष १९, २०७८

 

पछिल्लो समय विरामीका आफन्तहरुले अस्पताल र चिकित्सकहरुको लापरवाहीले विरामीको मत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ । तर, यस्तो पनि अस्पताल छ, जहाँविरामीका आफन्तले मायाँमारिसकेकालाई पुनःजीवन िदएका छन् ।
पछिल्लो एक महिनाको अन्तरमा विराटनगर वडा नम्बर तीन कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुई जना विरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफलभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर नौका ६० वर्षीय तेज नारयण चौधरीको टाउकोको‘लक्ड–इन–सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर विरामीले नया ँजीवन पाएका हुन् ।


प्रेसरका विरामी पनि रहेका चौधरी महिना अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए । उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पु¥याएका थिए । ‘विराटनगरका एक अस्पतालमा एक हप्ताजति उपचार गरे । बुवाको होस आएन,’विरामी चौधरीको छोरी सुशिलाले भनिन्, ‘बुवाको होस नपाएपछि चिकित्सकले बुवाको उपचार सम्भव नहुने र घर लैजान सुझाव दिएक थिए । त्यसपछि माया मारेर हामीले बुवालाई घर लिएर गयौं । बेहोस हुनुभएको बुवाले हात चलाउन थालेपछि हस्पिटल लैजाने आफन्तमा सल्लाह भयो । त्यसपछि एक पुसमाआर्या न्यूरो हस्पिटलमा लिएर आएका हौं ।’

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि बुवाको स्वाथ्य अवस्था ठिक भएपछि हर्षिद मुद्रामा देखिएकी छोरी शुलिाले बताइन् । ‘अहिले बुवा मज्जासँगले बोल्न र हिडडुल गर्न सक्नुहुन्छ । १८ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुवालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुवालाई बचाउनुभयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुवाले नयाँ जीवन पाउनुभयो । ’चौधरीको परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

चौधरीको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । चौधरी कोउपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज गरी दिएको बताए ।

यसअघि पनि आर्या अस्पतालले सुनसरीको इनरुवा वडा नम्बर तीनकी ३९ वर्षिय पुष्पालत्ता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उक्त अस्पतालमा उनको मस्तिकष्कको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सुब्बा अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्कमा रगत जमेको थियो ।
बेहोस भएकी सुब्बालाई लिएर उनका परि वारले विराटनरको विभिन्न अस्पताल लिएर गए । तर, उपचार हुन सकेन । उपचार सम्भव नभएपछि सुब्बाको परिवारले घर लिएर गए । उनको परिवारका एक सदस्य चिकित्सक रहेका थिए । उनले अर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालसँग सल्लाह गरेपछि हस्पिटल मंसिरमा लिएर आए । विरामी आएपछि डा. नेपालले जोखिम लिएर उपचार प्रक्रिया अगाडी बढाए ।
यसो हेरे, बिरामीको अवस्था जटिल रहेको थियो । उनले सोचे्, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिएभने त पुप्पालत्ताले एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिएभने त निश्चित छ एउटा जीवन सकिन्छ ।’ उनले बिरामीपक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरे पछि शल्यक्रिया सुरु गरे । सुब्बाको मस्तिष्कमा रगतजमेको कारणले डा. नेपालको टिमले सोहीदिन उनको शल्यक्रिया गरेर जमेको रगत निकाले । ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफलभयो,’ डा. नेपालले भने । उपचारपछि ठिक भएका विरामी सुब्बाअहिले पनि अस्पतालमा फलोअपको लागि आउने गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्