प्रदेश १ मा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्छ : गुरुङ

जनता अभियान मंगलबार, पुष २०, २०७८

विराटनगर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताउनु भएको छ ।

विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गर्नु भयो ।

गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको उहाँको भनाइरहेको छ । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने समे्त उहाँले बताउनु भयो ।

एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार घिमिरे र भण्डारी झापाका हुन् भने शेर्पाको जिल्ला सोलुखुम्बुका हुनुहुन्छ ।

१ नम्बर प्रदेशमा महिला, अल्पसंख्यकरअपाङ्ग र अन्यतर्फ ३ सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाटै निर्वाचित भएका राष्ट्रियसभा सदस्यमा महिला तर्फकी नैनकला ओझा, अल्पसंख्यकरअपाङ्गतर्फ अगमप्रसाद बान्तवा राई र अन्य तर्फका पर्शुराम मेघी गुरुङको पदावधि सकिँदैछ ।

पत्रकार सम्मेलनमा एमसीसीबारे गठबन्धन भौतारिएको गुरुङले आरोप समेत लगाउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्