जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र पक्षलाई

Janata Abhiyan सोमबार, साउन ११, २०७८

निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकताको मान्यता यादव पक्षलाई दिइएको जानकारी दिए ।

सोमबार आयोगले सनाखतका लागि बोलाएपछि जसपाका सबै ५१ केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित भएका थियो । जसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका थिए । रेशम चौधरी भने तटस्थ बसेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्