तेस्रो लहर दिनप्रतिदिन बढेसङ्गै :- बर्जुमा महोत्सव प्रशासनको नियम धज्जी उराउँदै 

जुगेश दास सोमबार, माघ ०३, २०७८

सुनसरी । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि दिन प्रती दिन बढदै गइरहेकोे बेला सुनसरीको बर्जु गाउँ पालिका चिमडिमा बर्जु महोत्सवको नाममा जिल्ला प्रशासनको कार्यालय सुनसरीको धज्जी उडाएका छन।
पुस २३ गते बाट सुरु भएको बर्जु महोत्सव माघ ४ गते सम्म हुने भएको छ । बर्जु गाउँ पालिका ६ चिमडी स्थित रहेको बर्जु तालको खेल मैदानमा बर्जु महोत्सवको नाममा सर्वसाधारणको दिन प्रती दिन भिड भाड बढदै गइ रहेको तथा जोखिम निम्तयाउदै गरेका छन। यसै क्रममा जिल्ला प्रसासन कार्यालय सुनसरीले DCMC को बैठकले ९ महिना २७ गतेको निर्णय ले सो आदेश खारेज भएको छ ।
जिल्ला प्रशासण कार्यलायकाे पत्र कागजमै सिमित रहियाे । भाेली -११ बजे भारतकाे बिहार राज्यबाट भाेजपुरी सुपरस्टार खेसारीलाल यादव बर्जु महाेत्सवमा आउने भएकाे छ । अब प्रश्न चिन्ह याे छ कि प्रशासण कार्यलायकै मिलाेमताेमा कार्यक्रम भईरहेकाे छ कि ? आज मात्र ६ हजार ७ सय ३४ जना नयाँ सक्रमितकाे पुष्टि भएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्