सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

रामनारायण मेहता बिहिबार, माघ ०६, २०७८

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । चुनावको मितिबारे छलफल गर्न गत मंगलबारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन ।

आजको बैठकका मुख्य एजेण्डा निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्नेलगायत रहेको बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्