देवानगंजमा ६० घर परिवारलाई वितरण गरियो न्यानो कपडा

राजीव कुशवाहा सोमबार, माघ १०, २०७८

देवानगंजका ६० घर परिवारलाई न्यानो कपडा,ब्लान्केट र स्यानेटरी प्याड वितरण गरिएको छ |

पूर्वी तराईमा केहि दिन देखि चिसो बढेको छ |माघ महिना संग संगै चिसो अत्यधिक बढेको हो | चिसोको कारण मनिसहरुको चहपहल कम हुन थालेको छ | सहरी क्षेत्र भन्दा गाउँ घरमा चिसोको असर बढी देखिएको छ | गाउँ घरमा रहेका अति विपन्न परिवारहरुलाई आर्थिक स्थिति कमजोर भएकोले जाडो थाम्न कठिन्य भइरहेका छन् |

चिसो बाट जोगन सानो सहयोग भए पनि देवानगंज गाउँ पालिका वडा नम्बर १ मा दुई संस्थाले संयुक्त रुपमा न्यानो कपडा, ब्लान्केट र किशोरीहरुको लागि स्यानेटरी प्याड बितरण गरेको छ | वडा नम्बर १ मा रहेका अति विपन्न ऋषिदेव र राम समुद्याका परिवारलाई वितरण गरेको हो |

आईतबार लियो क्लब ओफ विजयपुर धरान र अंकुर सामजिक संस्था देवानगंजले संयुक रुपमा वडामा रहेका ऋषिदेव र राम समुद्याका ६० घर परिवारका २ सय जना भन्दा बढि बृद्ध, महिला, बालबालिका, गरिब, र असहायहरुलाई जाडो छल्न न्यानो लुगाका साथै किशोरीहरूलाई स्यानेटरी प्याड बितरण गरिएको अंकुर सामाजिक संस्था देवानगंजका अध्यक्ष सन्तकुमार मेहताले बताउनुभयो |आगामी दिनहरुमा पालिकाका अन्य वडाहरुमा समेत वितरण गर्ने मेहताले बताउनुभयो |

लियो क्लब ओफ विजयपुर धरानका टिमले सुनसरी जिल्लाका स्थानीय तहहरुमा रहेका समाजिक संघ संस्थाहरु संग सहकार्य गरि समय र आवस्कता अनुसार समान बितरण गर्दै आएको लियो क्लब ओफ विजयपुर धरानका अध्यक्ष प्रतिक ओझाले बताउनुभयो |

यहाँ कमेन्ट गर्नुहोस्