काँग्रेसबाट निर्वाचित वडा अध्यक्षको मिलोमतोमा अनुमती विना रुख कटान

जनता अभियान मंगलबार, माघ ११, २०७८

कपिलवस्तु माघ १० कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ७ का अध्यक्षको मिलोमतोमा अनुमती विना रुख काटिएको छ । बढ्नीमा रहेको सार्वजनिक पोखरीमा रहेको बबुलको रुख वडा अध्यक्ष र वडा सदस्यको सम्लग्नामा काटिएको स्थानीयको भनाइ रहेको छ ।

स्थानीय राम रुख पासीका अनुसार सार्वजनिक स्थलमा रहेको बबुलको ४ रुख समुदायलाई थाहै नदिई काटिए पछि बल्ला थाहा पाएको बताउनु भयो । सार्वजनिक स्थलमा रहेको रुखहरू काट्न डिभिजन वनको स्विकृती चाहिने भए पनि स्विकृती विना काटिएको पासीले दावी गरे ।

अनुमती नलिई वडा नं. ७ का वडा सदस्य कल्लू अहिर, स्थानीय खेमराज चौबे, कमलेश अहिरले रुख काटेको आरोप लगाई डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) मा उजुरी समेत दिइएको बताइएको छ ।

घटनाको विषयमा महाराजगंज नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेश्मी राज अर्यालले थाहा नभएको बताउनु भयो । पोखरी नजिक राम जानकी मन्दीर निर्माणका लागि मन्दीर निमार्ण समितिले रुख काटेको वडा सदस्य अहिरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्