जनता अभियान आइतबार, माघ २३, २०७८
देशका प्रमुख तीन ठूला दलका नेतावीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच आज ७ महिनापछि भेटवार्ता भएको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि शीर्ष नेताहरुबीच भेटवार्ता भएको बताइएको छ ।
एमसीसी र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी दिए । भेटवार्तामा सरकारका प्रवक्ता एवं सूचना प्रविभि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत उपस्थित छन् ।
यहाँ कमेन्ट गर्नुहोस्