दाहाल र नेपालबीच भेटवार्ता

जनता अभियान बुधबार, माघ २६, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

आज (बुधबार)बिहान नेपाल दाहाललाई भेट्न दाहाल निवास खुमलटार पुगेको हुन्।उक्त भेटमा दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ।

एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन्।एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्