प्रचण्डलाई शेखरले भने- कांग्रेस चुनावी गठबन्धनमा जान सक्दैन

जनता अभियान बिहिबार, माघ २७, २०७८

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान खुमलटार पुगेका नेता कोइरालाले सरकारमा गठबन्धन गर्न तयार रहेको तर चुनावमा कांग्रेस कुनै हालतमा गठबन्धनमा जान नसक्ने धारणा राखेका हुन् । ‘भेटमा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न भन्नुभयो, तर उहाँ ९कोइराला०ले गठबन्धन गर्ने भए सरकारमा गरौंला । चुनावमा कुनै हालतमा गठबन्धन गर्दिनँ भन्नुभयो’ भेटमा सहभागी कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।

यस्तै, नेता कोइरालाले अध्यक्ष प्रचण्डलाई एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि आग्रह गरेका छन् । भेटमा दुई नेताबीच स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थिति तथा संसदको गतिरोध अन्त्यका विषयलगायतमा पनि छलफल भएको थियो ।

कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्