प्रधानमन्त्री देउवालाई मन्त्री छान्न सकस

Janata Abhiyan बिहिबार, साउन १४, २०७८

नेपाली काङ्गेसका सभापति तथा प्रधानमनत्री शेरबहादुर देउवालाई मन्त्री छान्न धौधौ परेको छ । पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएपछि देउवालाई मन्त्री छान्न सकस भएको हो ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले धेरै मन्त्री पद खोजेपछि देउवालाई मन्त्री पदको व्यवस्थापन गर्न समस्या भएको छ । जसमा संसदीय दलका सचेतक पुष्पा भुसालदेखि सांसद प्रकाश रसाइलीसम्मको नाम मन्त्री हुने चर्चामा छन् ।

देउवा पक्षबाट मन्त्री हुने चर्चामा आएका नामहरू डा। नारायण खड्का, डा। डिला सङ्ग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मालगायतले मन्त्रीका लागि दाबी गरेको काङ्गेस स्रोतले जनाएको छ ।

यस्तै वरिष्ठ नेता पौडेल पक्षबाट मन्त्री हुने चर्चामा आएका नामहरू, सुजाता कोइराला, दिलेन्द्र बडु मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइलीलगायत नेताका नाम छन् । उता, सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास मन्त्री बन्ने लाइनमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्