सत्ता गठबन्धनका प्रमुख तीन नेताबिच छलफल हुँदै

जनता अभियान शनिबार, माघ २९, २०७८

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच आज छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुन लागेको हो ।

आजको बैठकमा एमसीसी, स्थानीय चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादीभित्र दुईधार रहेको छ ।

एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्