आजदेखि चल्ने भयो जनकपुर-जयनगर रेल

जनता अभियान आइतबार, फाल्गुण ०१, २०७८

जनकपुर जयनगर रेल आज आइतवारदेखि गुड्ने भएको छ।
भारतबाट खरिद गरेर ल्याएको रेल उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न दिनको एकपटक चल्ने भएको हो ।

रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ। लिकमा लगाइएका हाटबजार बन्द गराइएको छ ।

अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी आज बिहानैबाट काममा खट्ने भएका छन् ।

सञ्चालनका लागि दुवै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ। जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जनको प्रयोग गरिने भएको छ ।

६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिनेछन्। भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ।

जसमध्ये १४ जना भारतीय कर्मचारी आइसकेका छन्। फागुन पहिलो सातामा उदघाटन हुने रेल उद्घाटनपछि बाँकी भारतीय कर्मचारी आउने बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्