बलात्कारको अनौठो घटना, ११ बर्से बालकमाथि अनुसन्धान हुँदै

जनता अभियान आइतबार, फाल्गुण ०१, २०७८

मोरङको कानेपोखरी गाउँपालिकामा बलात्कारको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार गाउँपालिका–५ मा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालकलाई हिजो नियन्त्रणमा लिइएको हो।

खेल्ने क्रममा बालकले छिमेकीको घरमा लगेर बालिकामाथि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ। प्रहरीले हिजो बेलुका नै बालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक जिसीका अनुसार पीडित बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख जिसीले बताउनुभयो । उहाँले बालकलाई बाल सुधार गृहमा राखेर अनुसन्धान गर्ने जानकारी दिनुभयो ।

यस्तै, पीडित बालिका र पीडक बालक दुवैलाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको छ। अपराधमा संलग्न १० वर्षमुनिका बालबालिकालाई कानुनी कारबाही गर्न नमिले पनि १० वर्षभन्दा माथिकालाई भने कानुनअनुसार कारबाही हुने व्यवस्था छ।

 

यहाँ कमेन्ट गर्नुहोस्