जनता अभियान मंगलबार, फाल्गुण ०३, २०७८
देश को नेतृत्व लिन इच्छुक युबा समुदाय ले भबिस्य को चुनौती डरलाग्दो हुन सक्ने चेतावनी बुझ्ने क्षमता देखाउनु पर्छ।किनभने नेपाल बिश्व को राजनीतिक खेलाडी हरु को लागि खेलमैदान मा पर्नित भइसकेको छ।ठुला शक्तिशाली रास्ट्रहरुले आफ्नो रास्ट्रस्वार्थ पुरा गर्न नेपाल लाइ आफ्नो तरिकाले प्रयोग गर्न खोजेको छ तर नेपाली नेताहरु आफ्नो व्यतिगत स्वार्थ पार्टीगत स्वार्थ भन्दा माथि उठन सकेको छैन।
गणतन्त्र स्थापना पछि दुबै छिमेकी नेपाल मा भरपर्दो मित्र का खोजी मा लागे तर कुनै पनि दल वा नेता ले पनि भारत र चीन को बिश्वास जित्न सकेन्।
नेपालमा भारत र चीनको पहिलो चासो आफ्नो देश को सुरक्षाको हो। चीनको पहिलो चासो तिब्बतको शान्ति सुरक्षा हो। पश्चिमी देशहरुले नेपालको भुमि प्रयोग गरि स्वतन्त्र तिब्बत आन्दोलन गरिरहेका पृथकताबादीलाइ लामो समुहलाइ सहयोग गरिरहेको मा गम्भीर आपत्ति र चिन्ता छ। बर्तमानमा नेपाल भरपर्दो बफर प्रतिरोधक भन्दा पनि चिन र चिनका दुस्मन हरु बीच नेपाल ब्यारिअरअवरोधक० रुपमा भैदियोस भन्ने चाहन्छ त्यसको लागि नेपालमा बलियो उपस्तिथि चाहेको छ र अहिले सफल पनि भएको देखिन्छ।
त्यसैगरी नेपालमा भारतका आधारभूत चासोहरु छन, पहिलो दक्षिण एसिया मा आफ्नो परम्परागत श्रेष्ठाको हैसियत बलियो राख्न नेपाल सहयोगी होस, यसलाई कमजोर पार्ने कामकुरा र संसर्ग कुनै हालतमा पनि नहोस साथै नेपाल को भुमि प्रयोग गरेर भारतमा कुनै आतंकबादी धटना नहोस, भबिस्यमा नेपालको पानी प्रयोग गर्न पाइयोस् भन्ने दिल्लीको चाहना। त्यसको लागि नेपालमा भारत आफ्नो बर्चस्व कायम राख्न चाहन्छ।
बिश्व को गुरुत्वाकर्षण इन्डो(प्यासिफिक क्षेत्र तथा अमेरिका र भारत सरेको छ। बिश्वमा बढ्दो चीन को प्रभावलाइ प्रतिरोध गर्न अमेरिकालाइ भारत चाहिएको छ तर भारत चीन र अमेरिकाको सामरीक राडारमा आफु परेको परिप्रेक्ष्यमा यी तीनओटै स्थितिलाई सन्तुलित रूपमा बुझ्न नेपाल सक्षम भएको देखिदैन।
बिगत केही बर्स यता भारत, चीन र अमेरिका को आपसी सम्बन्धमा गुनात्मक परिवर्तन आएको छ तर नेपाल का नेताहरूको चेत पलाएको छैन। यस पृष्ठभूमिमा भारत र चीन बीच सन मा नेपालको चीत दुखाएर भएको सम्झदारी ब्यापार बस्तुहरुको सुची वृद्धि गरी नाथुलपास,क्विङ्ला र लिपुलेक बाट सीमा ब्यापार बिस्तार गर्न दुबै पक्ष सहमत भएका छन तर आफ्नो सार्बभौमिकता र भौगोलिक अखण्डता मा आच आउँदा पनि बोल्न नसकने नेपाल को निरीहताले देशलाइ एक दिन डुबाउने छ।
भारत र अमेरिका एकातिर तथा चीन अर्कोतिर भएर प्रतिस्पर्धा चर्किन थाल्यो भन्ने नेपाल कुरुक्षेत्र बन्न बेर लाग्दैन। भारत, चीन र अमेरिका संग बिश्वास को सम्बन्ध बनाउनु, पत्यारिलो हुनु नेपाल का लागि अनिवार्य भैइसकेको छ।
लेखक श्री बिन्देश्वर प्रसाद यादव (बिक्की) मधेश प्रदेश मा सप्तरीको ३ (ख) बाट निर्वाचित सांसद हुन ।