जनता अभियान बुधबार, फाल्गुण ०४, २०७८
गोल्छा अर्गनाइजेसनअन्तर्गतको ‘डी इन्टरेनसनल’ले दुवईको प्रसिद्ध ब्रान्ड ‘सुपर जनरल’का इलेक्ट्रोनिक सामग्रीहरू बिक्री गर्दै आइरहेको छ । नेपालका लागि आधिकारिक वितरक गोल्छा अर्गनाइजेसनअन्तर्गत डी इन्टरेसनलले नेपाली बजारमा भित्र्याएको सो ब्रान्डका सामानहरू देशभरिका अन्य स्थानहरूबाट बिक्री हुँदै आइरहेका छन् ।
सुपर जेनेरलका इलेक्ट्रिक सामानहरू संसारभरि ५० देशहरूमा फैलिएका छन् । ती देशहरूका घर–घरमा, भान्सा–भान्सामा सुपर जेनेरलका सामानहरूले स्थान बनाएका छन् । विश्वसनीय भएका कारण पनि हरेक गृहणीको रोजाइ बन्ने गरेको छ । र, अहिलेसम्म बिक्रेता भएठाउँमा यसका सामानहरूलाई लिएर कुनै ‘कम्प्लेन’ आएको छैन । दुबई मुख्य कार्यालय रहेको ‘सुपर जेनेरल’ मिडल इस्टकै सुप्रसिद्ध ब्रान्ड हो ।
३० वर्षअघि स्थापना भएको सुपर जनरल अहिले विश्वव्यापी ब्रान्डको रूपमा स्थापित भइसकेकोे छ । हरेक सामानमा फ्युज सिस्टमलगायत विशेष प्रविधि रहेका कारण सुपर जेनेरलसँग सम्झौता गरी सामान आयात गर्ने कामलाई निरन्तरता दिइएको डी इन्टरनेसनलका मार्केटिङ प्रमुख दशरथ चौधरी बताउँछन् । यस ब्रान्डका वासिङ मेसिन, एसी, फ्रिज, टिभी, ग्यास गिजर, वाटर डिस्पेन्सर, माइक्रोवेभ ओभन, एअर कटेन, आइरन, स्यान्डविच मेकर, स्लाइस टोएस्टर, इलेक्ट्रिक किट्टल, मिक्चर, मिट ग्रिन्डर, फुट मसाजर, आइस मेकर, राइस कुकर, भ्याकुम क्लिनर, हेयर ट्रिमर, हेयर ड्रायरलगायतका सम्पूर्ण इलेक्ट्रोनिक्सका सामग्री ग्राहकहरूले सर्वाधिक रुचाएको उनले बताए ।
ती सामानहरूमा एक वर्षदेखि १० वर्षसम्मको वारेन्टीसमेत हुने गरेका कारण पनि विश्वव्यापी रूपमा हरेक घर–घरमा सुपर जेनेरलका विद्युतीय सामग्रीहरूले स्थान पाउने गरेको चौधरी बताउँछन् । ग्राहकको विश्वसनीयतालाई मध्येनजर गर्दै डी इन्टरनेसनलले सुपर जेनेरलका सामग्रीहरूलाई नै प्राथमिकतामा राखेर दुवईबाट आयात गरी देशका सबैजसो स्थानमा पु¥याउँदै आएको उनको भनाइ छ ।
सुपर जनेरलले असाधारण मूल्यमा, टिकाउ घरेलु उपकरण र इलेक्ट्रोनिक्सको फराकिलो दायरा प्रदान गर्नको लागि प्रतिष्ठा कमाएको छ । सुपर जनरल विभिन्न उत्पादन विशेषगरी एयर कन्डिसनरहरूमा एक प्रभावशाली उत्पादक बनेको छ । एसीसहित अन्य सामग्रीहरू विश्वसनीय भएकै कारण सुपर जेनेरलले गुणस्तरीय उत्पादक बन्न सफल भएको छ ।