जसरी भए पनि एमसीसी संसदमा पेश हुन्छ- प्रधानमन्त्री देउवा

जनता अभियान शुक्रबार, फाल्गुण ०६, २०७८

बिहीबार अपराह्न प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेश गर्ने बताएका छन् ।

उनले शुक्रबार कै प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने बताएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधामन्त्री देउवाले बैठकमा जसले जे सुकै गरे पनि सरकारले एमसीसी संसदमा पेश गर्ने भनेका हुन् ।

उता, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्