एमसिसीमा विवाद भएपछि समाजवादीले बोलायो सचिवालय बैठक

जनता अभियान सोमबार, फाल्गुण ०९, २०७८

एमसीसीबारे आन्तरिक विवाद भएपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक दिउँसो १ बजेका लागि बोलाएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । सत्ता गठबन्धन दल समाजवादीमा एमसिसीलाई लिएर मत बाझिएपछि बैठक बोलाइको हो।

हिजो बिहान बसेको गठबन्धन दलको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेर टेबल भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाउनुभएको थियो । उहाँले संसद बैठकमा समेत एमसिसी पेश गर्न दिएकोमा विरोध गर्नुभएको थियो ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसिसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्