जनता अभियान सोमबार, फाल्गुण ०९, २०७८
बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।
कोभिडको सामान्य लक्षणहरू देखिएपछि गरिएको परीक्षणमा उनमा सङ्क्रमण देखिएको हो । ९५ वर्षीया महारानीले आगामी साता निवासबाटै सामान्य जिम्मेवारीलाई निरन्तरता दिने बताइएको छ ।बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड पुष्टि भएको समाचार बाहिरिएको हो ।
त्यतिबेला महारानी एलिजाबेथ आफैले कोभिड परीक्षण गरेकी थिइन् वा थिइनन् भन्नेबारे कुनै जानकारी दिइएको थिएन । उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेट समेत गरेको बताइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्