जनता अभियान मंगलबार, फाल्गुण १०, २०७८
सर्लाहीमा स्यालको टोकाइबाट १५ जना घाइते भएका छन्।
आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गर विष्णु गाउँपालिकाका विभिन्न स्थानका स्थानीयवासीलाई टोकेको हो। स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ९ जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको छ भने ३ जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ। गाउँमा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन्।
यहाँ कमेन्ट गर्नुहोस्