नेकपा ‘एस’ का शीर्ष नेताको बैठक बस्दै

जनता अभियान बुधबार, फाल्गुण ११, २०७८

 नेकपा (एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसिसी) को विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसिसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल भने विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसिसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्