एमसीसीबारे प्रचण्डले गरेको आग्रह देउवाद्वारा अस्वीकार !

जनता अभियान बिहिबार, फाल्गुण १२, २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।

तर देउवाले प्रचण्डको आग्रहलाई सिधै अस्विकार गरेका छन् । प्रचण्ड आज बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा उनले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेपनि देउवाले स्वीकार्न नसकिने बताएका दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनमा समेत एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेका थिए । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत निर्णयमै रही एमसीसीको विपक्षमा रहने दाहालको सचिवालयले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्