ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

जनता अभियान बुधबार, फाल्गुण १८, २०७८

  1. सुनसरीको गढी गाउँपालिका-६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी-६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन । हिजो राती ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो ।  सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्