बिर्तामोडका नौ वर्षीय राज मिश्र मिस्टर ट्यालेन्ट

जनता अभियान बुधबार, फाल्गुण १८, २०७८

ड्रिम्स वर्ल्ड इन्टरटेनमेन्ट किड्स च्याम्प २०२२को मिस्टर ट्यालेन्ट बनेको उपाधि झापा विर्तामोडका राज मिश्रले जितेका छन् ।

उपाधिका आठ जना दाबेदारलाई पछि पार्दै ९ वर्षीय राजले उपाधि जितेको आयोजक संस्थाका निर्देशक प्रणित पुडासैनीले बताए । दुई महिनाअघि सुरु भएको प्रतियोगितामा ६० जना सहभागी थिए ।

विर्तामोडको अवाकस बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने उनी शनिबारे स्कुलमा अतिरिक्त क्रियाकलाप सिक्ने गर्छन् । विर्तामोड नगरपालिका–४ का गोपाल र रुकु मिश्रका कान्छा सन्तान उनी धाराप्रवाह बोल्न सक्छन् ।

निर्णायकले फाइनल राउन्डमा सोधेको तपाईं ठूलो मानिस भएर के बन्नु हुन्छ र किन ? भन्ने प्रश्नमा तार्किक जवाफ दिएर उनले उपाधि जितेका हुन् । उनले कारणसहित विजनेसमेन बन्ने जवाफ दिएपछि निर्णायकले विजेता घोषणा गरेका थिए । उपाधिसँगै उनले नगद पुरस्कार र विभिन्न उपहार हात पारेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्