जनता अभियान बिहिबार, फाल्गुण १९, २०७८
रुसी सैनिकले आक्रमण गरेका ८ औं दिनसम्ममा युुक्रेनको महत्वपूर्ण सहर खेरसन कब्जा गरेको एक स्रोतले जनाएको छ।
हाल दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रूसी सेना सहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको स्रोतले जनाएको छ।कम्तीमा पनि ३ लाख मानिसहरुको बसोबास रहेको क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा सहर खेरसनको महत्वपूर्ण रहेको छ।
उक्त सहर महत्वपूर्ण हुनुनको कारण यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा सहरतिर पश्चिमतर्फ जान बाटो खुल्ने छ।
मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रेअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्।यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।