जनता अभियान बिहिबार, फाल्गुण १९, २०७८
उड अभिनेता बबी देवल अभिनित चलचित्र ‘लभ होस्टेल’ केही दिनअघि मात्र ओेटीटी प्लेटफर्ममा रिलिज भएको छ ।
यो चलचित्रमा उनले गरेको अभिनयलाई दर्शकले रुचाएका छन् । यसैअवसरमा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘म खुसी छु किनकि म धर्मेन्द्र र हेमा मालिनीको घरमा जन्मिएँ । करिअरको सुरुवातमा दर्शकले मलाई निक्कै रुचाउनुभयो । यसकारण पनि मैले थुप्रै हिट चलचित्र दिएको छु । तर केही गलत निर्णयका कारण मैले काम पाउन छाडें ।’
बबीले काम पाउन छाडेपछि आफू तीन वर्ष डिप्रेसनमा गएको पनि जानकारी दिए । उनले तीन वर्ष लामो डिप्रेसनको समयमा आफुले आफुलाई बुझ्ने मौका पाएको पनि बताए ।
फ्यानले अझै पनि पर्दामा आफूलाई हेर्न चाहेको भन्दै परिवारका सदस्यले सम्झाएको बबीले जानकारी दिए ।
यहाँ कमेन्ट गर्नुहोस्