युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको रूसको दाबी

जनता अभियान बिहिबार, फाल्गुण १९, २०७८

युक्रेनमा छिमेकी मुलुक रुसले आक्रमण सुरु गरेको आज आठौं दिन पुगेको छ।

आक्रमण सुरु गरेको दिनदेखि आज सम्म अर्थात ८ औं दिनमा रुसी सैनिकले युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन्।साथै रुसी सैनिकले युक्रेनको राजधानी किएभ कब्जा गर्ने प्रयास जारी रहेको छ।तर, युक्रेनका नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको ३ दिन बितिसक्दा पनि रूसी सैनिकल उक्त राजधानी कब्जा गर्न सकेका छैनन्।

हुन त रुसी सैनिकले आज सम्म आक्रमण युक्रेनको नागरिकलाई नभइ युक्रेनका सेनालाई लक्षित गरेर आक्रमण गरेको बताएका छन्।तर, रूसी आक्रमणमा आमयुक्रेनीले पनि ज्यान गुमाएका छन्।एक स्रोतका अनुसार हिजो बुधबारसम्म  २ सय २७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५ सय २५ जना घाइते भएका छन्।

जसमध्ये केही बालबालिका पनि परेका छन्।यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ। युद्धका बेला ज्यान गुमाउनेको संख्या एकीन गर्न निकै गाह्रो हुन्छ।  सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक–फरक आँकडा सार्वजनिक गरेका छन्।

युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ। बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४ सय ९८ सैनिक मारिएको र १ हजार ५ सय ९७ भन्दा बढी घाइते भएको जनाएको छ।त्यस्तै युक्रेनतर्फ २ हजार ८ सय ७० सैनिक मारिएको, ३ हजार ७०० घाइते भएको र ५ सय ७२ लाई रूसी सेनाले नियन्त्रणमा लिएको मस्कोको दाबी छ।

 

यहाँ कमेन्ट गर्नुहोस्