Janata Abhiyan आइतबार, साउन १७, २०७८
मधेशी समाज दक्षिण कोरियाले सुनसरी बर्जु गाउँपालिकाका एक मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । बर्जु–६ का श्रवनकुमार चौधरीलाई मधेशी समाज दक्षिण कोरियाले आइतबार सहयोग गरेका हो ।
दुवै मिर्गौला काम गर्न छोडेकोले मिर्गौला प्रत्यारोपण गर्न आर्थिक सहयोगको आह्वान सरोज कुमार चौधरि ले गरेका कारण आर्थिक सहयोग गरिएको मधेशी समाजका कोरियाका संस्थापक अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।
आज महेन्द्र यादवको अध्यक्षतामा रामकुमार राजा, सन्तोष मेहता र अरबिन्द मेहताको उपस्थितिमा नगद रु ५१ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।
मधेसी समाज दक्षिण कोरियाको कार्यकारि अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षतामा आह्वान गरिएको मिर्गौला पीडित श्रवनकुमार चौधरी बचाउ अभियानमा हाल दक्षिण कोरिया समाजमा आबद्ध रहेका व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्