एमसीसी कुनै पनि हालतमा लागू हुन दिदैनौं, खारेज गरेरै छाड्छौंः विप्लव

जनता अभियान शुक्रबार, फाल्गुण २०, २०७८

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना मिलिनियम चालेनञ्ज कर्पोरेशन (एमसीसी) मुलुकका लागि निकै खतरनाक रहेको बताएका छन्।

आज आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप मात्र भएको बताए।

विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी समेत दिए।उनले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु,अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेको बताए।विप्लवले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप पनि लगाए।

यहाँ कमेन्ट गर्नुहोस्