जनता अभियान आइतबार, फाल्गुण २२, २०७८
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यहि फागुनमा बस्ने भएको छ ।
बैठक फागुन २५ र २६ गते काठमाडौंमा सम्पन्न हुने संगठन विभागका सचिव लक्ष्मण केसीले जानकारी दिए । बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध सम–सामयिक एवं सांगठनिक विषयमा छलफल हुने सचिव केसीले बताए ।
उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्ने तयारी छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने सचिव केसीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्