भोक्राहा नरसिंह गाउँपालिका छेउमा किशोरी बलात्कृत

जनता अभियान सोमबार, फाल्गुण २३, २०७८

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका छेउमा एक १६ वर्षकी किशोरी बलात्कृत भएकी छिन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का इद्रिस मंसुरीका अन्दाजी २६ वर्षिय छोरा मेहरद्धिन मंसुरीले किशोरीको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको समाचार स्रोतले जनाकारी दिएको छ ।
उता किशोरी बलात्कार भएको आधि घण्टा नबित्दै नेपाल प्रहरी र भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव घटना स्थलमा पुगेर यर्थात जनाकारी लिएको हो ।
किशोरी बलात्कार गर्ने मंसुरीलाई स्थानीय केही व्यक्तिहरुले पक्राउ गरेर राखेपछि भोक्राहा नरसिंह गाउँपालिका वडा नं.६ स्थित घटना स्थलमा एक समुहको हुलले युवालाई भगाइएको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवको कथन छ ।
उता बलात्कार जस्तो घटना मिलाउन केही व्यक्ति सकृय रहेको समाचार स्रोतको दाबी छ ।
बलात्कृत किशोरीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा लिएर गएपछि उनको स्वास्थ्य परिक्षण नगरिएको समाचार स्रोतको दाबी छ ।बलात्कार गरिएको मंसुरी हाल फरार रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्