श्रीलंका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो सानदार जित

जनता अभियान मंगलबार, फाल्गुण २४, २०७८

श्रीलंका भ्रमणमा रहेको नेपालले लगातार दोस्रो सानदार जित हात पारेको छ ।

बलरहरुले उच्च प्रदर्शन गरेपछि नेपालले दोस्रो अभ्यास खेलमा पनि नेभी स्पोटर्स क्लबलाई ८१ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४३।४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो ।

नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग ९२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ । कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन । मार्च १४ मा नेपाल युएई पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ ।
मार्च २२ सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजी पनि नेपाल आउनेछ ।

पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ ( मार्च २६ ) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि-२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ९ मार्च २८ देखि ४ अप्रिल० सम्म टियु मैदानमा हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्