आगाेले जलेर १ बृद्धाकाे मृत्यु

जनता अभियान शुक्रबार, फाल्गुण २७, २०७८

ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा आज बिहान  भएको आगलागीमा परी स्थानीय ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ ।

बिहान साँढे ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उक्त आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिक रुपमा जलेर क्षति भएको छ । सो आगलागी स्थानीयवासी र सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साँढे ९ बजे नियन्त्रणमा आएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्