ठूला-ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो: अध्यक्ष लिङ्देन

जनता अभियान शुक्रबार, फाल्गुण २७, २०७८

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको आरोप लगाएका छन् ।

ललितपुरको चापागाउँमा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने जानकारी दिए ।

भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको र यो महारोगको रुपमा देखिएको उनले बताए । अध्यक्ष लिङ्देनले काँग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग रहेको भन्दै ठूला–ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतोका साथै संरक्षण रहेको आरोप लगाए । लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिए ।

यहाँ कमेन्ट गर्नुहोस्