सनी लियोनी बंगलादेश जान नपाउने

जनता अभियान शनिबार, फाल्गुण २८, २०७८

बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले वर्क परमिट दिन पुनः अस्वीकार गरेको छ।

बंगलादेशले यसअघि पनि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’दिएको थिएन।बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन्।

जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ।सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो।बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन्।

उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्