जनता अभियान बिहिबार, चैत्र ०३, २०७८
नेपालको पुरुष ह्विलचेयर क्रिकेट टोलीले बङ्गलादेशमा बङ्गबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । सो प्रतियोगिता बङ्गलादेशको कक्स बजारमा चैत १३ देखि १७ गतेसम्म हुने छ ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहने नेपाल ह्विलचेयर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए । आरपी खरेलको कप्तानीमा खेलाडी टोली १४ सदस्यीय हुने छ ।
खेलाडी, अफिसियल र प्रशिक्षकसहित १७ सदस्यीय नेपाली टोली चैत ११ गते बङ्गलादेश प्रस्थान गर्ने सङ्घले जनाएको छ । नेपाली टोलीले अहिले डिएभी स्कुल र सेन्ट जेभियर्स स्कुलमा प्रशिक्षण गरिरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्