बजारमा खानेतेलको कृत्रिम अभाव

जनता अभियान बिहिबार, चैत्र ०३, २०७८

जारमा खानेतेलको कृत्रिम अभाव भएको उपभोक्ताको गुनासो छ ।

खानेतेलको कृत्रिम अभावले कालोबजारी बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

हाल  रूस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव नेपालमा खाद्य वस्तुमा  समेत परेको छ । ठूला व्यापारी र उद्योगीको मिलेमतोमा खानेतेलको कृत्रिम अभाव गराइएको, माग अनुसार नपाइने र पाइहाले पनि चर्को मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् ।

बजारमा खानेतेलको अभाव हुनुमा सबैभन्दा बढी थोक व्यापारी र उद्योगी जिम्मेवार रहेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्