क्रिकेट विश्वकप लिग टु : जितको लय कायम राख्ने योजनामा नेपाल

जनता अभियान शुक्रबार, चैत्र ०४, २०७८

युएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले शुक्रबार दोस्रो खेल घरेलु टोली युएई विरुद्ध खेल्दैछ ।

श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित मैदान उत्रनेछन् ।

युएईले पहिलो खेलमा पीएनजीलाई १७६ रनमा रोक्दै ७ विकेटको सहज जित हात पारेको थियो । तर नेपालले भने पीएनजीलाई हराउन संघर्ष गर्नुपरेको थियो । पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४ बल अगाडि पूरा गरेको थियो । रोहित कुमार पौडेलको धैर्यपूर्ण ब्याटिङ र करण केसीको आक्रामक ब्याटिङमा नेपाल विजयी भएको थियो ।

करिब एक महिनाअघि ओमानमा युएईसँग महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल टी–२० विश्वकप छनोट हुन असफल भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्