मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

जनता अभियान मंगलबार, चैत्र ०८, २०७८

मोरङको लेटाङमा मङ्गलबार पनि कर्फ्यू जारी छ। सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको हो।

 मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यु लगाए पनि दिनभर उक्त क्षेत्र तनावग्रस्त भएको थियो । प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गरिएको थियो ।

सोमबार कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले मृत्यु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्