जनता अभियान शुक्रबार, बैशाख ०२, २०७९
बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार यी दुईको आज विवाह भएको हो । आरके स्टुडियोमा भएको विवाह समारोहमा परिवार र नजिकका साथीहरुमात्रै उपस्थित रहेको बताइएको छ । विवाहलाई गोप्य राख्न हरसम्भव प्रयास गरिएको छ ।
विवाहको कार्यक्रम अझै केही दिन हुने बताइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्